गृहपृष्ठ आज अमेरिकी डलरको भाउ १२०.६० पैसा पुग्यो, अन्य देशको कति ?
आज अमेरिकी डलरको भाउ १२०.६० पैसा पुग्यो, अन्य देशको कति ?
बिहीबार धेरै देशको विनिमयदर बढेको छ । आज (बिहीबार) अमेरिकी डलरको भाउ खरिददर १२० रुपैयाँ ६० पैसा पुगेको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै बिहीबार कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४० पैसा र बिक्रिदर १ सय ५० पैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रकाशित समय ०६:५९ बजे

















