गृहपृष्ठ आयल निगमद्वारा कोरोना नियन्त्रण कोषमा ५० करोड सहयोग
आयल निगमद्वारा कोरोना नियन्त्रण कोषमा ५० करोड सहयोग
नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगमले सहयोग रकमको चेक बिहीबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएकाे छ ।
बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा साे रकम सहयोग गर्ने निर्णय गरेको र चेकसमेत हस्तान्तरण भइसकेकाे निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।
यसअघि काेषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ कराेड रूपैयाँ सहयाेग गरेका छन् । विभिन्न व्यक्ति र संस्थाहरूले काेषमा सहयाेग गर्ने क्रम जारी छ ।
प्रकाशित समय १४:४० बजे

















