गृहपृष्ठ सुदूरपश्चिमको कोरोना राहत कोषमा बैंकहरूको ४७ लाख
सुदूरपश्चिमको कोरोना राहत कोषमा बैंकहरूको ४७ लाख
सुदूरपश्मि प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड- १९) जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् । कोषमा धनगढीका बैंकहरुले ४७ लाख रूपैयाँ रकम सहयोग गरेका छन् ।
कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ५/५ लाख रकम सहयोग गरेका छन् । त्यस्तै धनगढीस्थित कुमारी बैंकको प्रदेश कार्यालयले १० लाख, गरिमा बैंक धनगढी शाखा र माछापुच्छ्रे बैंकले ५/५ लाख सहयोग गरेको छ ।
संकलित रकमबाट प्रदेशमा आवश्यक पर्ने सामग्री खरिद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । प्रदेश सरकारले ४० करोड राखेर कोष स्थापना गरेको हाे ।

प्रकाशित समय १४:२८ बजे

















