गृहपृष्ठ सरकारको कोरोना उपचार कोषमा डेढ अर्ब

सरकारको कोरोना उपचार कोषमा डेढ अर्ब

आयल निगमले दियो ५० करोड

sudurpashchim_rahat kos (2)

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन तथा यसको रोकथाम  एवं नियन्त्रण कोषमा बिहीबार ५ बजेसम्म १ अर्ब रुपैयाँ जम्मा भएको छ । सरकार आफैले राख्ने ५० करोड रुपैयाँसहित कोषमा डेढ अर्ब हुनेछ ।

बिहीबार नेपाल आयल निगमले ५० करोड, दूरसञ्चार प्राधिकरणले १५ करोड, नेपाल स्टक एक्सचेन्जले साढे ३ करोड रुपैयाँ कोषमा योगदान गरेका छन् ।

यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल धितोपत्र बोर्डले ३-३ करोड, नागरिक लगानी कोषले २ करोड, एनएमबी बैंकले १ करोड ५१ लाख, प्रभु बैंकले १ करोड १ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले १ करोड १ लाख ११ हजार १११ रुपैयाँ कोषमा योगदान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु