गृहपृष्ठ लैनचौरमा राहत लिनेको घुइँचो (फोटो फिचर)
लैनचौरमा राहत लिनेको घुइँचो (फोटो फिचर)
काठमाडौंको वडा नम्बर २६ मा राहत लिनेको घुइँचो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा राहत लिन बसेका ‘विपन्न’ नागरिक । महानगरपालिकाले केन्द्र सरकारबाट प्राप्त चार लाख रुपैयाँबराबरको राहत सामग्री स्थानीयलाई वितरण गरेको हो ।
राहतका लागि १५ सय परिवारले फाराम भरे पनि शुक्रबार करिब डेढ सयलाई परिवार सदस्यका आधारमा चार किलोभन्दा बढी चामल वितरण गरिएको वडाध्यक्ष खेम तिवारीले जानकारी दिए । उनीसँग पनि वडामा राहत पाउनयोग्य विपन्न नागरिकको यकिन तथ्यांक छैन । ‘फाराम जसले पनि भरेको पाइएको छ,’ उनी भन्छन्, ‘पाँच‑सात सय परिवार राहत पाउने खालका होलान् ।’
प्रकाशित समय १६:१३ बजे























