गृहपृष्ठ अमेरिकामा कोरोनाका कारण एकै दिन साढे १९ सयको ज्यान गयो
अमेरिकामा कोरोनाका कारण एकै दिन साढे १९ सयको ज्यान गयो
विश्वभर महामारीको रुपमा फैलिएको भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढीरहँदा अमेरिकामा भने कोरोनाले दर्दनाक स्थिति बनाएको छ ।
गएको २४ घण्टाभित्रै अमेरिकामा १९ सय ४२ जनाको ज्यान गएको छ । वर्ल्डो म्याटरको तथ्यांकअनुसार अहिले अमेरिकामा तीन लाख ९६ हजार ४१६ जनामा कोरोना संक्रमण भइसकेको छ भने १२ हजार ८१३ जनाको ज्यान गइसकेको छ ।
एकै दिनमा अमेरिकामा २९ हजार ४१२ जनामा नयाँ संक्रमण देखिएको छ भने अहिलेसम्म २१ हजार ६ सय ७४ जनाको सफल उपचार भइसकेको छ ।
प्रकाशित समय ०६:४३ बजे

















