गृहपृष्ठ १५३ जना प्रहरीको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ
१५३ जना प्रहरीको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ
कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्यापिड टेष्ट गरिएको छ । उनीहरु सबैको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
८० जना नेपाल प्रहरी र विभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाब संकलन गरी र्यापिड टेष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदिप गिरी, डीएसपी दक्षकुमार बस्नेतलगायत विभिन्न दर्जाका प्रहरीको र्यापिड टेष्ट गरिएको हो । भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण उनीहरु सबैको र्यापिड टेष्ट गरिने डीएसपी बस्नेतले बताए ।
बिहीबार त्रिनगर चौकीमा कार्यरत प्रहरी कर्मचारीको र्यापिड टेष्ट भइरहेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका थप पाँच जनाको पनि र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रकाशित समय १७:२१ बजे
















