गृहपृष्ठ प्रदेश २ मा ४३९ जनाको स्वाब परीक्षण, २३२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश २ मा ४३९ जनाको स्वाब परीक्षण, २३२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश २ मा वैशाख ३ सम्म ४ सय ३९ जनाको स्वाब परीक्षण गरिएको छ । यसमध्ये २ सय ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २ सय ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेश २ मा चैत २१ गतेबाट सुरु गरिएको ल्याबमा सप्तरीबाट २४, सिरहा ५५, धनुषा ८७, महोत्तरी १०, सर्लाही १, रौतहट १ सय १५, बारा १८, पर्सा १ सय १९ जनाको स्वाब परिक्षण गरिएको छ । तीमध्ये सप्तरीबाट २४, सिरहा २७, धनुषा ६६, महोत्तरी १०, सर्लाही १, रौतहट ७१, बारा १० र पर्साका २३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

चैत ३ गते मात्रै प्रदेश २ मा ६२ जनाको स्वाब परीक्षण गरिएको थियो । त्यस्तै प्रदेशका ८ वटै जिल्लामा १ सय ९० जनाको गरिएकाम आरडीटी टेस्ट सबैको रिपोर्ट निगेटिभ नै आएको छ । यी मध्ये वैशाखको २ गतेसम्म ६५ र चैत ३ गते १२५ जनाको आरडीटी परिक्षण गरिएको हो ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ९५ बेड सहितको १ सय ६१ वटा क्वारेन्टाइन निर्माण गरिएका छन् । त्यस्तै २ सय २० बेड क्षमताको आईसोलेसन स्थापना गरिएको छ । अहिले ७८ महिला र ७ सय ५५ पुरुष गरी ८ सय ३५ जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालयका प्रशासकीय अधिकृत विजय झाले बताए । यसमध्ये रौतहटमा १६ वटा क्वारेन्टाइनमा ३३ जना, सप्तरीको ३२ वटा क्वारेन्टाइन २ सय २० जना, सिरहाको १७ वटा क्वारेन्टाईन १ सय ११ जना, धनुषाको १७ क्वारेन्टाइन १ सय ९, महोत्तरीको १८ क्वारेन्टाइनमा १ सय ४, सर्लाहीको ३० क्वारेन्टाइनमा ७८, बाराको १८ वटा क्वारेन्टाइनमा २५, पर्साको १४ वटा क्वारेन्टाइन १ सय ५३ जना रहेका छन् ।

प्रदेशमा अहिले १ हजार ४ सय ७८ जना होम क्वारेन्टाइनमा रहेका छन् । १ जना महिला र २३ जना पुरुष गरी जम्मा २४ जना हाल आइसोलेसनमा भर्ना भई उपचारत अवस्थामा रहेको अधिकृत झाले जानकारी दिए । प्रदेश २ को विभिन्न जिल्लामा २४ जना आइसोलेसनमा उपचारत छन् । सिरहामा ५, धनुषामा १, बारामा १४ र पर्सामा ४ जना आइसोलेसन वार्डमा उपचारत अवस्थामा रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु