गृहपृष्ठ कोरोना कोषमा २ अर्ब ११ करोड संकलन
कोरोना कोषमा २ अर्ब ११ करोड संकलन
फाइल तस्बिर ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रूपैयाँ संक्रमण भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मंगलबार मात्र एक करोड ३५ लाख तीन हजार ४२० रूपैयाँ कोषमा जम्मा भएको छ ।
मंगलबार एभरेष्ट बैंकले ६० लाख रूपैयाँ, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३० रूपैयाँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३ रूपैयाँ, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८५५ रूपैयाँ, न्याय हेल्प नेपाल दुई लाख ७१ हजार २० रूपैयाँ, नाम नामेसी नखुलेका तथा एक लाख रूपैयाँभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रूपैयाँ संकलन भएको छ ।
सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।
प्रकाशित समय १२:३८ बजे

















