गृहपृष्ठ गीत : संसार एउटा बगैंचा
गीत : संसार एउटा बगैंचा
संसार एउटा बगैंचा हो जीवनहरू फूल
फुल्नु-झर्नु नियति हो, हैन फूलको भूल
माली बनी ईश्वरले नै गोडमेल पनि गर्दो रैछ
आफैं दे’को ऋण सम्झी उठाई फेरि लाँदो रैछ
हावाहुरी बनी कैले कोपिलामै झार्दो रैछ
ऊनकै खेला स्वीकारेर सहँदै रुने पार्दो रैछ
दैव किन यति क्रुर मलामी छन् हुलका हुल
नफक्रँदै लाँदा फूललाई गड्दो रैछ मनमा शूल
संसार एऊटा बगैंचा हो जीवनहरू फूल
फुल्नु-झर्नु नियति हो हैन फूको भूल
(संखुवासभा, हाल : बेलायत)
प्रकाशित समय १४:०७ बजे

















