गृहपृष्ठ सरकारविरुद्ध कांग्रेससहित तीन विपक्षी दलको मोर्चाबन्दी

सरकारविरुद्ध कांग्रेससहित तीन विपक्षी दलको मोर्चाबन्दी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन विपक्षी दलले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुसहित सोमबार बसेको बैठकले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै लोकतन्त्रवादी शक्तिहरुलाई एकताबद्ध गरेर संघर्ष गर्ने निर्णय गरेका हुन् ।

बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेको छ । सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको नेताहरूको दाबी छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘सांसद अपहरण गर्ने जस्ता आपराधिक कार्यको यो बैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु