गृहपृष्ठ बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच ‘अर्थपूर्ण’ भेटवार्ता

बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच ‘अर्थपूर्ण’ भेटवार्ता

prachandaoli-newskarobar

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र  पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेकै बेला भएको यस संवादलाई अत्यन्त अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा दुई अध्यक्षबीच दिउँसो १ बजेपछि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री ओलीले संवादका लागि दाहाललाई बालुवाटार बोलाएका हुन् ।

सोमबार ओली र नेपाल समूहका नेताहरुको कोटेश्वरमा भएकाे वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो । यसअघि दाहाल र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई लिखित पत्र बुझाइसकेका छन् ।

स्थायी कमिटी बैठकमा सरकार र पार्टी कामको समीक्षासहित नेतृत्व हेरफेरको मुद्दा उठान हुने सम्भावना देखेपछि ओलीले बैठक बाेलाउन आनाकानी गरिरहेको आरोप छ । चैत्र ८ मा जारी भएका दुई अध्यादेशपछि नेकपा विवाद नयाँ मोडमा आएको थियो ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु