गृहपृष्ठ सेभ द चिल्ड्रेनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
सेभ द चिल्ड्रेनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड- १९ (कोरोनाभाइरस)को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड- १९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए । सो सहायताले सुदृढ स्वास्थ्य सेवा र कोभिड- १९ को संक्रमण नियन्त्रणमा सघाउनेमा म विश्वास गरे ।
सेभ द चिल्ड्रेनले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन् । ‘हाम्रो प्राथमिकता कोभिड- १९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ । नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशील रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको छ,’ सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन् ।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायताप्राप्त परियोजनाहरुबाट संघीय, प्रादेशिक र स्थानीय सरकार मार्फत कोभिड- १९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ । साथै, सेभ द चिल्ड्रेन थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खरिद प्रक्रियामा पनि रहेको छ । सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरु र ग्लोबल फण्ड परियोजनामार्फत् संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्रीहरु प्रदान गरिरहेको छ ।
जसमा क्वारेन्टाइन केन्द्रहरु बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु उपलब्ध गराउने, स्वाब संकलनका बारेमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुका लागि इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिनलगायत उपलब्ध गराएको छ । साथै, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रसँगको सहकार्यमा राष्ट्रिय तथा स्थानीय रेडियोहरु मार्फत् बालबालिका तथा समग्र जनमानसलाई लक्षित गरी कोभिड- १९ सँग सम्बन्धी सूचनाहरु प्रवाहका कार्यहरु समेत गरिरहेको छ ।
प्रकाशित समय १७:२१ बजे

















