गृहपृष्ठ प्रदेश १ मा ७ हजार जनाको कोरोना परीक्षण

प्रदेश १ मा ७ हजार जनाको कोरोना परीक्षण

प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पीसीआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको छ । त्यस्तै पीसीआरबाट १ हजार ५ सय ५६ जनाको परीक्षण गरिएको हो ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म २ हजार ६३ पुगेको छ ।स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना आइसोलेसनमा छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु