गृहपृष्ठ नेपालमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगन्जमा थप ७ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

भेरी अञ्चल अस्पताल नेपालगन्जमा मंगलबार गरिएको परीक्षणमा चार महिला र तीन पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । ९ देखि ५५ वर्ष उमेर समूहका उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

आइतबार एकैदिन संक्रमितको १५ जना संक्रमित भेटिएपछि सरकारले नेपालगन्जलाई २५ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ भने बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सबै नाका बन्द गरेको छ ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु