गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो, १६९४ जनाको मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो, १६९४ जनाको मृत्यु
भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तीव्र गतिमा वृद्धि भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।
भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् ।
महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ । यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ ।
प्रकाशित समय १४:०७ बजे

















