गृहपृष्ठ ‘व्यस्तता र शारीरिक अवस्थाका कारण अध्यक्ष ओली बैठकबाट बाहिरिनु भएको हो’

‘व्यस्तता र शारीरिक अवस्थाका कारण अध्यक्ष ओली बैठकबाट बाहिरिनु भएको हो’

फाइल तस्बिर ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक अवस्थाका कारणले  सचिवालय बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएरै बैठकबाट निस्किएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले अन्यथा केही नभएको प्रष्ट पारे । अध्यक्षद्वयबीच छलफल जारी रहेकोसमेत उनले जानकारी गराए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको पनि प्रवक्ता श्रेष्ठले बताए । स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बुधबार सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्काे दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेको छैन । सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ । दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु