गृहपृष्ठ वीरगञ्जका १७ जना कोरोना संक्रमितको सम्पर्कमा आएका १३१ जनाको परीक्षण सुरू
वीरगञ्जका १७ जना कोरोना संक्रमितको सम्पर्कमा आएका १३१ जनाको परीक्षण सुरू
पर्साको वीरगञ्जमा एउटै परिवारको १७ जनामा संक्रमण देखिएपछि लकडाउन कडा पारेर प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी तीव्र पारिएको छ ।
पहिलो चरणमा संक्रमित परिवारका छरछिमेक र प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गर्ने तयारीे छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा १३१ जनाको परीक्षण गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका छिमेकीको पहिचान गरिएको जानकारी दिइन् ।
‘एकै परिवारमा १८ जना संक्रमित छन् । आइतबार भेटिएका पहिलो संक्रमितलाई स्रोत मानेर हामीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं । तर उनमा कहाँबाट संक्रमण आयो खुलेको छैन’ उनले भनिन् ।
उनीहरुको थ्रोट स्वाब संकलन शुरु भएको छ । स्वास्थ्यकर्मीले बिहिबार छपकैयाँ गाउँका ८९ जनाको थ्रोट स्वाबको नमूना संकलन गरेका छन् । साँझ रोजा खोल्ने समय भएकाले थ्रोट स्वाब संकलन कार्यलाई स्थगित गरिएको थियो ।
शुक्रबार बाँकीको थ्रोट स्वाबको नमूना संकलन गर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
प्रकाशित समय १२:०३ बजे

















