गृहपृष्ठ गीत : बाँच्न मलाई गाह्रो हुन्छ

गीत : बाँच्न मलाई गाह्रो हुन्छ

हात राखुँला टेक्ने ठाउँमा काँडा बिझ्छ होला
ओत बनुँला आफैँ रूझी सिउँदो भिज्छ होला

 

बाँच्न मलाई गाह्रो हुन्छ तिमी पहिले मर्‍यौ भने
त्योभन्दा नि गाह्रो हुन्छ छोडी अन्तै सर्‍यौ भने
बाँकी हरपल थाहा छैन कसो गरी बित्छ होला
म सुतुँला लासमाथि मट्टीले नि थिच्छ होला

 

म पनि त के बाँच्थे र तिमी पहिले मर्‍यौ भने
भवसागरको जँघार तिमी एक्लै पारि तर्‍यौ भने
हात राखुँला टेक्ने ठाउँमा काँडा बिझ्छ होला
ओत बनुँला आफैँ रूझी सिउँदो भिज्छ होला

भरत लोहोरूङ राई
संखुवासभा, हाल बेलायत

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु