गृहपृष्ठ सेयर बजारमा ‘नो गेनर्स’
सेयर बजारमा ‘नो गेनर्स’
नेपालको सेयर बजारले आइतबार ‘नो गेनर्स’को स्थिति सामना गरेको छ । लकडाउनका कारण ५० दिनपछि खुलेको सेयर बजारमा कुनै पनि लगानीकर्ताले १ रूपैयाँ कमाउन नसकेका हुन् ।
कुल ८७ कम्पनीको १ लाख ६ हजार ३१२ कित्ता सेयर १० करोड ४३ लाख ७२ हजार ६४६ रूपैयाँमा किनबेच हुँदा ८३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बिहान ११ बजे खुलेको बजारमा नेप्सेमा सूचीकृत सबै समूह सुरूदेखि नै ओरालो लागेका थिए । लगातार घटेको बजार १२ बजरेर २६ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भयो ।
प्रकाशित समय १५:२५ बजे

















