गृहपृष्ठ एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने (हेर्नुहाेस् गृहकाे पत्र)
एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने (हेर्नुहाेस् गृहकाे पत्र)
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका e-pass सहित सम्पूर्ण सवारी पासहरु खारेज गरेकाे छ । मंगलबार साँझ एक सूचना जारी गर्दै मन्त्रालयले मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला आवतजावतमा कडाइ गरेको हो ।
अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरूकाे हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे स्वीकृतिमा मात्र पास जारी गर्ने पनि गृहले निर्णय गरेकाे छ ।
त्यस्तै काठमाडाैं जिल्ला प्रशासन कार्यालयले २०७७ जेठ १ देखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका e-pass सहित सम्पूर्ण सवारी पासहरु खारेज गरेकाे जनाएकाे छ । मंगलबार देशका विभिन्न स्थानहरूमा काेराेना संक्रमितकाे संख्या बढेपछि काठमाडाैं जिल्लामा यस्ताे नियम लगाइएकाे हाे ।

प्रकाशित समय २०:३६ बजे

















