गृहपृष्ठ एकजना पनि कर्मचारी कटौती गर्दैनौँ : बुद्ध एयर
एकजना पनि कर्मचारी कटौती गर्दैनौँ : बुद्ध एयर
बुद्धले कोभिड- १९ को प्रभावले आफ्ना कर्मचारीलाई तलब सुविधामा कुनै समस्या नपर्ने र कुनै पनि कर्मचारीको कटौती नगर्ने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले आफ्नो २३ वर्षे उडान यात्रामा भविष्यको सम्भावित जोखिमलाई ध्यान दिएर कम्पनीले सोहीअनुरुपको रणनीतिअन्तर्गत आर्थिक व्यवस्थापन गरेकाले अझै ६ महिनासम्म कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नहुने बताए ।
‘हामी एक कर्मचारी पनि कटौती गर्दैनौँ, आगामी अक्टोबर महिनादेखि पर्यटन लयमा फर्किन्छ भन्ने हाम्रो विश्वास छ, अहिले कम्पनीलाई टिकाइराख्न हामीलाई समस्या छैन त्यसैले यो चुनौतीलाई अवसरका रुपमा परिणत गर्न चाहन्छौँ,’ उनले भने ।
कम्पनीले सामान्य अवस्थामा दैनिक झण्डै ६ हजार यात्रुलाई सेवा दिने गरेको थियो । कोभिडको महामारीका कारण हाल यात्रु संख्या शून्य अवस्थामा छ । बुद्धले एटीआर- ७२ ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ ।
प्रकाशित समय २०:२६ बजे

















