गृहपृष्ठ उदयपुरको भुल्केमा ‘कोरोना प्रतिरोधी’ औषधि वितरण
उदयपुरको भुल्केमा ‘कोरोना प्रतिरोधी’ औषधि वितरण
कोरोनाभाइरस (कोभिड- १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका- ३, भुल्केमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले निःशुल्क औषधि वितरण गरेको छ । संक्रमित क्षेत्रमा बसोवास गर्ने सबैलाई मंगलबार कोरोना प्रतिरोधी औषधि वितरण गरेको हो ।
चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश १ को सहयोगमा क्वारेन्टाइनमा बस्ने र महामारी नियन्त्रणका लागि अग्रभागमा खटिने स्वास्थ्यकर्मी जनप्रतिनिधि, गैसस, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई कोभिड १९ सँग लड्नसक्ने अर्थात रोग प्रतिरक्षा प्रणाली बढाउने Arsenicum Album 30 c नामक होमियोप्याथिक औषधि वितरण गरिएको थियो । सामाजिक विकास मन्त्रालयका चिकित्सक महाशाखाका डा. सरोज बिशालले देशकै उच्च जोखिम भएको स्थान भएकाले पहिलो चरणमा भुल्केबाट नै निःशुल्क औषधि वितरणको शिविर राख्न खोजेको जानकारी दिए ।
सो औषधि एक व्यक्तिले प्रत्येक बिहान ४ वटाका दरले तीन दिनसम्म खानु पर्ने त्यसले ३ महिलासम्म काम गर्ने चिकित्सक घनश्याम सुवेदीले बताए । उनले भने, ‘कोरोनाको रोकथामबाहेक अहिलेसम्म कुनै औषधि बनेको छैन । यसलाई विभिन्न विधिद्वारा रोकथाम गर्ने मात्र हो, कोरोनाको उपचार विधि भनेकै खोप हो । यसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’
चिकित्सकहरुको संस्था अल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रीय अध्यक्ष कमल सुवेदीले मानिसहरु रोगले भन्दा पनि डरले बढी समस्यामा परेको बताए । मानिसमा हुने डर भगाउन र रोगसँग लड्न प्रतिरक्षा प्रणाली बढाउनका लागि औषधि वितरण गर्दै हिडेको उनको भनाइ छ । उनले सो औषधि नेपाल सरकारले कोरोनासँग लड्न तयार पारेको मापदण्ड अनुरुपको भएको दाबी गरे । 
भारत सरकारको आयुस मन्त्रालयले भारतभर नै यो पद्धति लागू गरेर त्यसको नजिता राम्रो आएपछि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले Ayurveda & Alternative Medicine Guidenes for Preventive Measures & Management Protocol for COVID-19 in Nepal तयार गरी होमियोप्याथिक उपचार पद्धतिको समेत एचयतयअय ितयार भई लागू भएको उनले बताए ।
प्रदेश सांसद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख देवीकुमारी चौधरी, नागरिक समाज, गैसस, पत्रकारहरुसँग अन्तक्र्रिया गरी मन्त्रालयबाट आएका आधा दर्जन बढी चिकित्सकहरुले औषधि त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेको थियो । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडामा क्वारेन्टाइनमा बसेका २० जनालाई समेत औषधि हस्तान्तरण गरेको थियो भने भुल्केका सम्पूर्ण व्यक्तिलाई तीन दिनसम्म खान पुग्ने औषधि दिएको थियो ।
औषधि बुझ्दै नगर प्रमुख चौधरीले कोरोनाको महामारीसँग लडिरहेको अवस्थामा प्राप्त औषधिलाई वडाध्यक्षमार्फत तत्काल वितरण गरिने र यसले पनि जनतामा मानसिक रुपमा सक्षम र सबल बनाउन मद्दत पुग्ने बताए ।

प्रकाशित समय २१:५७ बजे
















