गृहपृष्ठ ७ वर्षीय बालकसहित ३ जना नयाँ संक्रमित थपिए

७ वर्षीय बालकसहित ३ जना नयाँ संक्रमित थपिए

नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएको छ । काठमाडौँ, जनकपुर र धादिङका तीन  जनामा बिहीबार बेलुकी संक्रमण पुष्टि भएकाे हो । योसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको छ ।

काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा परीक्षण गरिएको थियो । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु