गृहपृष्ठ थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २७८ पुग्यो

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २७८ पुग्यो

कुल संक्रमितमध्ये २२४ पुरूष र ५४ महिला

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो संक्रमितहरू महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म भेटिएका संक्रमितमध्ये पुरुष २२४ र महिला ५४ जना  रहेका छन् ।

अहिलेसम्म नेपालमा आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । त्यस्तै  पीसीआर विधिबाट भने २६ हजार ६ सय ९१ परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिए ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु