गृहपृष्ठ महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

महिलाको मृत्युपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा

उपचारका क्रममा धुलिखेल अस्पतालमा एकजना सुत्केरीको बिहीबार राति मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली त्यसतर्फ लागेको गएको छ ।

सिन्धुपाल्चोक, बाह्रबिसेकी ३० वर्षीया सुत्केरीको  धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएको थियो । विज्ञहरुले एउटा ल्याबमा पोजेटिभ आएको अवस्थामा अर्को ल्याबमा नेगेटिभ आउन सक्ने बताएका छन् ।

पुनः परीक्षणका मृतक महिलाको स्वाबको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला पठाइएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड- १९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु