गृहपृष्ठ थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २७८ पुग्यो
थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २७८ पुग्यो
कुल संक्रमितमध्ये २२४ पुरूष र ५४ महिला
नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो संक्रमितहरू महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार हालसम्म भेटिएका संक्रमितमध्ये पुरुष २२४ र महिला ५४ जना रहेका छन् ।
अहिलेसम्म नेपालमा आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । त्यस्तै पीसीआर विधिबाट भने २६ हजार ६ सय ९१ परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिए ।
प्रकाशित समय १७:०२ बजे

















