गृहपृष्ठ एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो
एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो
नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ । नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमध्ये २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । हालसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मी पनि नयाँ कोरोना संक्रमित फेला परेकाे हो । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित समय १८:०३ बजे

















