गृहपृष्ठ थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो
थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो
सोमबार थप १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा १८ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।
प्रकाशित समय २२:४९ बजे

















