गृहपृष्ठ कोराना संकटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

कोराना संकटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

yoga_योगा

कोरोना संकटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

दक्षिण अस्ट्रेलिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ । विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् ।

अनुसन्धानको नेतृत्व गरेका जकिन्ता ब्रिन्स्लीले सामाजिक दूरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिए । अध्ययनले आफैँ एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताए । त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सबैका लागि योगाभ्यास फाइदाजनक हुने र यसले बसाइलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको निष्कर्ष छ ।

प्रकाशित समय ०९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु