गृहपृष्ठ कर्णालीमा थप १२ जनालाई कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

कर्णालीमा थप १२ जनालाई कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

वीरेन्द्रनगरस्थित क्वारेन्टिन । (फाइल तस्बिर)

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका ८ सहित १२ जनामा कोरोना भाइरस (कोभिड- १९) पोजेटिभ देखिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

वीरेन्द्रनगर नगरपालिका- १ का १६ वर्षीय पुरुष, वडा नं. २ का ९, २०, ३२ र ३६ वर्षका पुरुष तथा एकजना ३२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ । यसका साथै वडा नं. ३ का ४६ वर्षीय पुरुष र वडा नं. ६ का २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी सुर्खेतकै भेरीगंगा नगरपालिका- ८ का १६ र १७ वर्षीय पुरुष तथा सिम्ता गाउँपालिका- ४ का ३५ र ४९ वर्षीय पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनीहरु सबै भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए । सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णालीमा हालसम्म २३ जनाका संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु