गृहपृष्ठ कञ्चनपुरमा क्वारेन्टिन व्यवस्थापन गर्दै गरेका वडा अध्यक्षको मृत्यु

कञ्चनपुरमा क्वारेन्टिन व्यवस्थापन गर्दै गरेका वडा अध्यक्षको मृत्यु

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापन गर्दागर्दै एक वडा अध्यक्षको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको क्वारेन्टाइन ब्यवस्थापन गर्दागर्दै गएराति मृत्यु भएको हो ।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ वर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रैकवार विचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताएका छन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु