गृहपृष्ठ एकै दिन थपिए ११४ जना कोरोना संक्रमित
एकै दिन थपिए ११४ जना कोरोना संक्रमित
नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा १८३ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १६:४२ बजे

















