गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजार नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या एक लाख ६५ हजारभन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा शुक्रबार बिहानसम्म एक लाख ६५ हजार ३८६ जनामा भाइरस संक्रमण भएको जनाएको छ । त्यस्तै चार हजार ७११ जनाको ज्यान गएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार भारतमा ७० हजार ९२० जनाको सफल उपचार भएको छ भने ८९ हजार ७५५ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ९४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रकाशित समय १०:५९ बजे

















