गृहपृष्ठ जेठ २५ भित्र सबै प्रकारका कर तिर्न आन्तरिक राजस्व विभागको ताकेता

जेठ २५ भित्र सबै प्रकारका कर तिर्न आन्तरिक राजस्व विभागको ताकेता

अन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र सबै प्रकारका कर तिर्न ताकेता गरेको छ । विभागले सार्वजनिक सूचना जारी गरी जेठ २५ गतेभित्रमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकर र शिक्षा सेवा शुल्क तिर्न ताकेता गरेको हो ।

सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि चैत मसान्तभित्रमा बुझाउनुपर्ने कर जेठ २५ सम्म तिर्दा हुने व्यवस्था मिलाएको थियो । तर, जेठ ३१ गतेसम्म लकडाउन थपेको सरकारले कर तिर्ने अवधि भने बढाएको छैन ।

आन्तरिक राजस्व विभागको सूचनासँगै व्यवसायीलगायतका सबै निकाय दबाबमा परेका छन् । सूचनामा तोकिएको अवधिमा कर नतिरे जरिवाना लाग्नेछ ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु