गृहपृष्ठ चौथो संविधान संशोधन विधेयक दर्ता : सबैलाई सैनिक तालिम, कार्यकारी राष्ट्रपति

चौथो संविधान संशोधन विधेयक दर्ता : सबैलाई सैनिक तालिम, कार्यकारी राष्ट्रपति

prem-suwal-newskarobar

सांसद प्रेम सुवालले नेपालका सबै नागरिकलाई सैनिक तालिम दिनुपर्ने र कार्यकारी राष्ट्रपति हुनुपर्ने मागसहित संविधान संशोधन विधेयक सदनमा दर्ता गरेका छन् । गैरसरकारी विधेयकको रुपमा दर्ता भएको यो चौथो विधेयक हो ।

सरकारले नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको छ । सो विधेयकले संसदीय प्रक्रियामा प्रवेश पाइसकेको छ ।

त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा संविधानको धारा ७, ११, ३८, ८६, २७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दै नेपाली कांग्रेसका सांसदहरु अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत आठ सांसद र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु