गृहपृष्ठ कर्णालीमा सात जना कोरोना संक्रमितको सफल उपचार

कर्णालीमा सात जना कोरोना संक्रमितको सफल उपचार

कर्णाली प्रदेशमा सात जना कोरोना संक्रमितको सफल उपचार भएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतको आइसोलेसनमा रहेका उनीहरूलाई उपचारपछि शुक्रबार घर पठाइएको हो ।

दैलेखका एक जना र सुर्खेतका पाँच जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल फर्सन डा. के.एन पौडेलले जानकारी दिए । उनका अनुसार एक जना बिरामी कुरुवाका आफन्तको रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि घर पठाइएको छ ।

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित भने अझै कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र कर्णाली प्रदेश प्रयोगशाला तथा पशुपन्छी रोग अन्वेषण प्रयोगाशाला सुर्खेतमा तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि कर्णालीमा संक्रमितको संख्या ४८९ पुगेको छ ।

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु