गृहपृष्ठ गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भएका सोही पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरूलाई नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यस्तै म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले बताए । यसैगरी, बागलुङको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका तीन जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४९ उमेर समूहका आठ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरूलाई सम्बन्धित जिल्लाका सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको  छ ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु