गृहपृष्ठ थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

बितेको २४ घण्टामा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ५७६० पुगेको छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।

मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म ९ सय ७४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिए । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना छन् । उनका अनुसार आइतबार ६१ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ५५ जना पुरुष डिस्चार्ज भएका हुन् ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लोपटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु