गृहपृष्ठ सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
सातै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै
आज सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने भएका छन् । आगामी आर्थिक वर्षको लागि संविधानतः आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
प्रदेशको बजेटमा सबैभन्दा पहिलो प्राथमिकताको रुपमा स्वास्थ्य क्षेत्रलाई दिने भएका छन् भने त्यसपछि कृषिलाई प्राथमिकतामा राखेका छन् । गत वर्ष र चालू आवको बजेटभन्दा केही घटेर बजेट आउन सक्ने अनुमान गरेको छ ।
केही वर्ष यता निरन्तरता दिदै आएको संसद बजेट कोषको रकम कुनै प्रदेशले घटाउने र कुनै प्रदेशले निरन्तरता दिने बताइएको छ ।
प्रकाशित समय ११:०६ बजे

















