गृहपृष्ठ कर्णाली प्रदेशका २४ सांसदलाई १ अर्ब २० करोड बजेट

कर्णाली प्रदेशका २४ सांसदलाई १ अर्ब २० करोड बजेट

कर्णाली प्रदेशका प्रत्यक्ष सांसदले ५ करोड रुपैयाँ बजेट पाउने गरी कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको विवरण सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा अर्थमन्त्री प्रकाश ज्वालाले प्रदेशभित्रको विकासमा क्षेत्रीय सन्तुलन कायम गर्न र विकासमा जनप्रतिनिधिको जिम्मेवारी र स्वामित्व अभिवृद्धि गर्नका लागि रोजगारमूलक पूर्वाधार विशेष कार्यक्रमका नाममा सांसदलाई १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

यसअनुसार कर्णाली प्रदेशका प्रत्यक्ष निर्वाचित २४ सांसदले जनही ५ करोड खर्चिन पाउनेछन् । प्रदेश सभामा नेकपाका प्रत्यक्ष २३ र कांग्रेसका एक सांसद छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण तथा विकास निर्माणका लागि विशेष बजेट विनियोजन गर्नुपर्ने बेलामा १ अर्ब २० करोड रकम क्षेत्रीय सन्तुलन र जिम्मेवारीका नाममा छुट्याइएको हो । पूर्वाधार विशेष कार्यक्रमको रकम केन्द्र र प्रदेश सांसदले खर्च गर्न सकेका छैनन् भने कनिका छरेजसरी बजेट छर्दा संघीयताको मर्ममाथि नै प्रहार भइरहेको अर्थविद बताउँछन् ।

प्रकाशित समय १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु