गृहपृष्ठ सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा सोमबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो । २४ घण्टामा थपिएको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

सोमबार तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतालका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु