गृहपृष्ठ गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३ पुग्यो
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२३ पुग्यो
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।
गण्डकी प्रदेशका पाँच जिल्ला स्याङ्जा, गोरखा, नवलपरासी, कास्की र बागलुङमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको हो । स्याङ्जामा ४, गोरखामा १०, नवलपरासीमा २ तथा कास्की र बागलुङमा एक/एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
उनीहरु सबै भारतबाट फर्किएका हुन् । अहिले उनीहरु सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको शर्माले बताए । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
प्रकाशित समय ०७:१९ बजे

















