गृहपृष्ठ प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड, दलित विकास समिति गठन
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड, दलित विकास समिति गठन
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गरेको छ । चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् कुल बजेटको ४५.९५ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् कुल बजेटको ५३.६७ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात्र ०.४८ प्रतिशत छुट्याइएको छ ।
प्रदेश २ का अर्थ मामिला तथा योजनामन्त्री विजयकुमार यादवले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतमा राख्दै बजेट घोषणा गरेको जानकारी गराए । बजेटमा स्वास्थ्य सेवाबाहेक कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता राखिएको छ । नागरिकको स्वास्थ्य सुरक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्ति विकास प्रदेश सरकारको मुख्य प्राथमिकतामा छ ।
कुन शीर्षकमा कति ?
बजेटमा दलित विकास समिति गठन गरी ५० लाख
जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड
क्यान्सर, ट्रमा सेन्टर र सरुवा रोग अस्पतालका लागि तीन/तीन करोड
गत वर्षको उपभोक्ता समितिको बाँकी भुक्तानीका लागि ८६ करोड
आठ जिल्लामा ६४ सडकका लागि ६७ करोड
मधेसी सहिद राजमार्गको डिपिआरका लागि ३ करोड
गढीमाई र सिम्रौनगढ पर्यटकीय विकास कार्यक्रमका लागि डेढ करोड
‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमका विभिन्न शीर्षकमा ५४ करोड
प्रकाशित समय ०७:४० बजे

















