गृहपृष्ठ नेपाल इन्भेष्टमेन्ट बैंकको बैंक जमानतबापतको सबै रकम फिर्ता

नेपाल इन्भेष्टमेन्ट बैंकको बैंक जमानतबापतको सबै रकम फिर्ता

Nepal_investment

नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानतबापतको सबै रकम फिर्ता पाएको छ । बैंकले इन्टेन्साबाट ८५ करोड रुपैयाँ र ८७ लाख ५० युरो गरी कुल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको हो ।

यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशको इजलासको  २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाइमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो । बैंकले यो अभ्यासलाई नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासका लागि सकारात्मक विकास क्रम भएको बताएको छ ।

‘यसले बैंक जमानतजस्ता बैंकिङ उपकरणमा विश्वास सुढृढ पारेको छ भने यसप्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाइका क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिइएपछि बैंक जमानतबापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ इतिहासमा यो पहिलो उदाहरण हो ।

यसका लागि इन्भेष्टमेण्ट बैंकले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण र तनहुँ जलविद्युतसमेतको सहयोग पाएको थियो ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु