गृहपृष्ठ नेकपा अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल
नेकपा अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको भेटवार्तामा भोलि हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको बताइएको छ ।
एमसीसी, सीमा विवाद, कोरोना भाइरस विरुद्धको अभियान र सरकार तथा पार्टी नेतृत्वको कार्यशैलीकाबारे बैठकमा छलफल गर्नेगरी अध्यक्षद्वयबीच छलफल भएको थियो । तर छलफलमा अध्यक्षद्वयबीच स्थायी कमिटी बैठकका एजेण्डामा सहमति नजुटेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओलीले कोरोनाविरुद्धको अभियानमा मात्र छलफल गर्ने चाहना राखेका छन् भने प्रचण्डसहित बुहसंख्यक नेताहरु समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा छन् । वैशाख ८ गते पार्टी विभाजनसम्बन्धी विवादस्पद अध्यादेश जारी भएपछि सुरु भएको नेकपामा विवाद सुरू भएको हो ।
प्रकाशित समय १९:४९ बजे

















