गृहपृष्ठ कोरोनाबाट विश्वभर १५८ नेपालीको मृत्यु, १८ हजार ७०० संक्रमणमुक्त

कोरोनाबाट विश्वभर १५८ नेपालीको मृत्यु, १८ हजार ७०० संक्रमणमुक्त

फाइल तस्बिर ।

कोभिड- १९ को संक्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जना संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपाली संक्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड- १९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणमुक्त भएका छन् ।

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ । साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु