गृहपृष्ठ थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,५६४ पुग्यो

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,५६४ पुग्यो

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३,१९४

देशका विभिन्न प्रयोगशालामा गएको २४ घण्टाभित्र गरिएको परीक्षणबाट ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये  विभिन्न जिल्लाका ७१ महिला र २४५ पुरूष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । नयाँ संक्रमितमा काठमाडौं उपत्यकाकामात्रै १४ जना रहेका छन् । काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु