गृहपृष्ठ कोरोना संक्रमितको संख्या घट्दै, सोमबार १८० जना मात्र थपिए
कोरोना संक्रमितको संख्या घट्दै, सोमबार १८० जना मात्र थपिए
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १८० जना मात्र नयाँ संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । हालसम्म ६ हजार ८११ जना सफल उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार सोमबार थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २९ हजार २१५ जना क्वारेन्टिनमा छन् भने ९ हजार ११८ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित समय १६:३० बजे

















