गृहपृष्ठ उपत्यकामा फैलँदै कोरोना ! एकैदिन ५४ जनामा संक्रमण पुष्टि
उपत्यकामा फैलँदै कोरोना ! एकैदिन ५४ जनामा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टाभित्र नेपालमा १८० जना कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ।
यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।
आइतबार काठमाडौँका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना गरी उपत्यकाभित्र ३० जनामा संक्रमण देखिएको थियो ।
प्रकाशित समय १९:०८ बजे

















